Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण कोरियामा ओमिक्रोनका सङ्क्रमित बढे, दुईको मृत्यु

एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोनका सङ्क्रमित बढेको बताइएको छ ।

यस भाइरसबाट दुई जनाको ज्यान गएको छ । दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक यी दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा त्यहाँ पहिलो पटक यी दुई जनाको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

दक्षिण कोरियामा  डिसेम्बरको सुरुतिर यो भेरियन्ट भेटिएको थियो । गत डिसेम्बर २७ मा एक र २९ तारिखमा अर्का एक जनाको यो भेरियन्टबाट ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077