Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दक्षिण कोरियामा ओमिक्रोनका सङ्क्रमित बढे, दुईको मृत्यु

    दक्षिण कोरियामा ओमिक्रोनका सङ्क्रमित बढे, दुईको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोनका सङ्क्रमित बढेको बताइएको छ ।

    यस भाइरसबाट दुई जनाको ज्यान गएको छ । दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक यी दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।



    यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा त्यहाँ पहिलो पटक यी दुई जनाको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।



    दक्षिण कोरियामा  डिसेम्बरको सुरुतिर यो भेरियन्ट भेटिएको थियो । गत डिसेम्बर २७ मा एक र २९ तारिखमा अर्का एक जनाको यो भेरियन्टबाट ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार