Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फेसबुक ह्याक गरेर आफन्तसँग पैसा असुल्ने युवक पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जाल फेसबुक आइडी ह्याक गरेर रकम ठग्ने गर्ने एक युवकलाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे -१० मंगलबारे घर भइ हाल भक्तपुर गठ्ठाघर बस्ने १८ बर्षीय किरण पाठक रहेका छन्।

महाशाखाका अनुसार पाठकले सर्वसाधारणलगायत उच्चपदस्थ ब्यक्तिहरुको फेसबुक आईडी ह्याक गरेर त्यहाँ भएका साथीहरुलाई झुक्याएर आफुलाई समस्या परेको देखाई बिभिन्न खातामा पैसा पठाउन लगाएर रकम ठगी गर्ने गरेको अनुसन्धानमा खुल्न आएको छ।

पाठकलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परीसर टेकु पठाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077