Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन्।

बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने सचिवालयको भनाइ छ । प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा यही पौष २५ गते भारत भ्रमणमा जाँदै छन्।

यस्तै, आजको बैठकमा विभिन्न मन्त्रालयका एजेण्डाका साथै आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका विषयमा पनि छलफल हुने सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077