Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदी २० मिनेट बीच सडकमा अलपत्र परेपछि...

नयाँ दिल्ली । सुरक्षा कमजोरीका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पञ्जाबको फिरोजपुरमा बुधबार हुने र्‍यालीमा सहभागी हुन नसकेको केन्द्रीय गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले भनेको छ, ‘प्रधानमन्त्री मोदीको काफिले हुसैनीवालास्थित राष्ट्रिय शहीद स्मारकबाट ३० किलोमिटर टाढा रहेको फ्लाईओभरमा पुग्दा केही प्रदर्शनकारीले बाटो अवरुद्ध गरेको पाइयो । प्रधानमन्त्री १५ देखि २० मिनेटसम्म फ्लाईओभरमा अलपत्र परेका थिए । यो पीएम मोदीको सुरक्षामा ठूलो भूल थियो। समाचार एजेन्सी पीटीआईका अनुसार यो ठूलो सुरक्षा त्रुटिका कारण प्रधानमन्त्री मोदीको काफिले भटिंडा एयरपोर्ट फर्कने निर्णय गरेको छ। गृह मन्त्रालयले यो विषयलाई गम्भीरताका साथ लिएको र पञ्जाब सरकारसँग प्रतिवेदन मागेको जनाएको छ। पीटीआईका अनुसार बीजेपी प्रमुख जेपी नड्डाले पञ्जाबको कांग्रेस सरकारलाई चुनावमा हारको डरले प्रधानमन्त्री मोदीको कार्यक्रममा अवरोध पुर्‍याउने हरसम्भव प्रयास गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077