Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • साढे ३३ किलो सुन तस्करी काण्ड : ‘गोरे’ का भाइको थुनछेक बहस भोलि

    साढे ३३ किलो सुन तस्करी काण्ड : ‘गोरे’ का भाइको थुनछेक बहस भोलि

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त रमेश उप्रेतीको थुनछेक बहस बिहीबार हुने भएको छ ।

    सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाइ ३८ वर्षका रमेश बुधबार ढिलोगरी अदालतमा हाजिर भएका कारण बिहीबार मात्र थुनछेक बहस हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए



    युएई बस्दै आएका उप्रेती मंगलबार नेपाल आउँदा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले उनलाई बुधबार दिउँसो विराटनगर ल्याएको थियो ।



    श्रेस्तेदार राणाका अनुसार न्यायाधीश भरत लम्सालको इजलासमा थुनछेक बहस हुनेछ । उप्रेतीलाई बुधबार हिरासतमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार