Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ६० किलो सुन काण्डमा कसरी फरार भए जीवन चलाउने ? उच्च प्रहरी अधिकारीसँग नै कनेक्सन !

    ६० किलो सुन काण्डमा कसरी फरार भए जीवन चलाउने ? उच्च प्रहरी अधिकारीसँग नै कनेक्सन !

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 10.1K
    SHARES

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले बुधबार ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझायो । प्रतिवेदनमा ५० जनालाई प्रतिवादी बनाइएको छ भने ६ जनालाई मुद्दा नचलाउन राय दिइएको छ ।

    अझै १८ जना फरार रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । जसमा १४ जना चिनियाँ नागरिक र ४ जना भने नेपाली नागरिक रहेका छन् । फरार भएका नेपालीहरुमा सुन तस्कर बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती अमला रोका, अछामका जीवन चलाउने, बाराका भोला सर्राफ र जीमी नाम गरेका एक रहेका छन् ।



    यी मध्येका अछामका जीवन चलाउनेलाई सिआईबीले बयान कागज गराएर उपस्थित हुने सर्तमा छाडेको थियो । तर, उनी लगत्तै फरार भएका छन् । बयान कागज गराएको व्यक्ति पनि कसरी फरार भए ? भन्ने अनलाइन नेपालको प्रश्नमा सिआईबीकी निर्देशक एआईजी किरण बज्राचार्य र प्रवक्ता एसपी नवराज अधिकारी कुनै जानकारी नभएको भन्दै पन्छिए ।



    सुन तस्करीमा अधुरो अनुसन्धान र गिरोहको सेटिङ भत्काउन सिआईबी असफल भएको अपुरो अनुसन्धानले नै देखाइरहेका बेला जीवन चलाउने फरार भएपछि झन शंका उत्पन्न भएको छ । किनकी चलाउने चामल व्यापारको आवरणमा विगत तीन वर्षदेखि सुन तस्करी लगायत विभिन्न आपराधिक घटनामा सक्रिय रहँदै आएका व्यक्ति हुन् । चलाउनेको प्रहरीका उच्च अधिकारीहरुदेखि राजनीति नेतृत्वहरुसँग साँठगाँठ रहेको छ । उनको दावा छिरिङसँग कनेक्सन रहेको पनि भेटिएको थियो ।

    त्यस्तै चलाउनेले सुनको कारोबार गर्न भारतीय नागरिकलाई पार्टनर बनाएको र झण्डै १०० केजी सुन खपत गर्न सकिने सन्देश पठाएको अडियो नै भेटिएको स्रोतको दावी छ । चलाउनेको सम्पर्क पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा, पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमका छोरा हरीश र नेकपा (एमाले)का नेता ऐन महरसँग पनि रहेको अनुसन्धानका क्रममा भेटिएको प्रहरी स्रोत नै बताउँछ । दीपेश र प्रतिकलाई सिआईबीले प्रतिवादी बनाएको छैन भने राहुल भेप प्रकरणमा पक्राउ परिसकेका छन् । प्रतिक भुटानी शरणार्थी प्रकरणमा फरार छन् ।

    जीवन चलाउने उनै व्यक्ति हुन्, जो केही वर्ष अगाडि प्रहरीकै सुराकीका रुपमा काम गर्दथे । बहिर देखाउँदा जीमी ब्राण्डको चामल व्यापार गर्ने र भित्री रुपमा आपराधिक गिरोहहरुसँग साँठगाँठ गरी चलाउनेले अवैध सम्पत्ति आर्जन गर्दै आएका छन् ।

    नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचनको हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसँग समेत चलाउनेको सम्पर्क रहँदै आएको छ । उनै बस्नेतको बाफलको घर पनि उच्च प्रहरी अधिकारीसँगको सेटिङमा चलाउनेले खरिद गरेका थिए ।

    काठमाडौंमा मात्र चारवटा अपार्टमेन्ट रहेको चलाउनेसँग आधा दर्जन करोडभन्दा माथिका महंगा गाडी रहेको उनलाई नजिकबाट चिन्ने एक प्रहरी अधिकारी नै बताउँछन् । चलाउने फरार हुँदा सिआईबीका अधिकारीहरुलाई समेत जानकारी रहेको ती अधिकारीको भनाई छ ।

    न्यूरोडमा हुण्डीको पैसा प्रहरीको मिलेमतोमा लुटिएको एक घटनामा पनि चलाउनेको संलग्नता रहेको छ । विकास अग्रवाल नामका हुण्डी ब्यापारीले केही वर्ष अघि सहकारीबाट रकम झिक्ने क्रममा प्रहरीकै मिलेमतोमा लुटपाट भएको थियो । चलाउनेको अग्रवालसँग कारोबार रहेको उतिबेलै खुलेको थियो ।

    चलाउने केही प्रहरी अधिकारीको आम्दानीको स्रोत समेत बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार