Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चलाउनेका कारण सीआईबी प्रमुख बज्राचार्यको पद धरापमा, चार प्रहरी अधिकृतलाई कारबाही सिफारिस

    चलाउनेका कारण सीआईबी प्रमुख बज्राचार्यको पद धरापमा, चार प्रहरी अधिकृतलाई कारबाही सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 4.8K
    SHARES

    काठमाडौं । सुनको अवैध तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ ।

    आयोगले केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसहित चार प्रहरी अधिकृतलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।



    त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक एसपी सञ्जय सिंह थापा, डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको स्रोतले बतायो।



    ६० केजी सुन र भेपमा उनीहरुले त्रुटिपूर्ण अनुसन्धान गरेको आयोगको ठहर छ । ६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट ल्याएको सुनबारे आयोगले जाँचबुझ गरेर प्रतिवेदन बुझाएको छ ।

    उनीहरुले सुन तस्करीमा जोडिएका एक मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको आरोप छ । ब्यूरोमा उपस्थित गराएर समेत छाडेको उनीहरुको माथि आरोप छ ।  चलाउनेलाई सिआइबीले बोलाएर थुनामा नराखी छाडिदिएको थियो ।

    तारेखमा छुटेका उनलाई पछि फरार प्रतिवादी बनाएर मुद्दा चलाइयो । हालसम्म उनलाई पक्राउ गर्न सिआइबीले चासो दिएको छैन । अहिले पनि विदेशमा बसेर उनले अवैध धन्दा चलाइरहेको स्रोत बताउँछ । केही प्रहरी अधिकारीले नै उनलाई संरक्षण दिएको बताइन्छ ।

    उनीहरुजस्तै सुन तस्करीमा जोडिएका दिपेश पुन लगायतलाई तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठकै दबाबमा मुद्दा नचलाइएको स्रोत बताउँछ । जीवन चलाउने उनै व्यक्ति हुन्, जो केही वर्ष अगाडि प्रहरीकै सुराकीका रुपमा काम गर्दथे ।

    बहिर देखाउँदा जीमी ब्राण्डको चामल व्यापार गर्ने र भित्री रुपमा आपराधिक गिरोहहरुसँग साँठगाँठ गरी चलाउनेले अवैध सम्पत्ति आर्जन गर्दै आएका छन् ।

    नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचनको हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसँग समेत चलाउनेको सम्पर्क रहँदै आएको छ । उनै बस्नेतको बाफलको घर पनि उच्च प्रहरी अधिकारीसँगको सेटिङमा चलाउनेले खरिद गरेका थिए ।

    काठमाडौंमा मात्र चारवटा अपार्टमेन्ट रहेको चलाउनेसँग आधा दर्जन करोडभन्दा माथिका महंगा गाडी रहेको उनलाई नजिकबाट चिन्ने एक प्रहरी अधिकारी नै बताउँछन् । चलाउने फरार हुँदा सिआईबीका अधिकारीहरुलाई समेत जानकारी रहेको ती अधिकारीको भनाई छ ।

    न्यूरोडमा हुण्डीको पैसा प्रहरीको मिलेमतोमा लुटिएको एक घटनामा पनि चलाउनेको संलग्नता रहेको छ । विकास अग्रवाल नामका हुण्डी ब्यापारीले केही वर्ष अघि सहकारीबाट रकम झिक्ने क्रममा प्रहरीकै मिलेमतोमा लुटपाट भएको थियो । चलाउनेको अग्रवालसँग कारोबार रहेको उतिबेलै खुलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार