Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा

    माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 693
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)ले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा छाडेको छ ।

    सीआईबीले महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।



    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको सहमतिमा सिआईबीले उनलाई हाजिर जमानी छाड्ने निर्णय गरेको स्रोतले बतायो ।



    इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरेको थियो ।

    सिआईबीका अनुसन्धान अधिकृतहरुले दुई दिन लगातार महराको बयान लिए । महरालाई छोरा निर्मलको जिम्मा लगाइएको प्रहरी स्रोतले बतायो ।

    अर्का छोरा राहुल भने सुन तस्करी प्रकरणकै अनुसन्धानमा पुर्पक्षका लागि थुनामा छन् । सुन तस्करी प्रकरणमा महरामाथि छानबिन भने जारी रहनेछ।

    स्वास्थ्य अवस्था कमजोर भएका कारण उनी नर्भिक अस्पतालमा उपचाररत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार