Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सुन तस्करीमा संलग्नलाई जोगाउँदै एयरपोर्टकै उच्च पदस्थ कर्मचारी

    सुन तस्करीमा संलग्नलाई जोगाउँदै एयरपोर्टकै उच्च पदस्थ कर्मचारी

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 525
    SHARES

    काठमाडौं । सुन तस्करीमा मुछिएका व्यक्तिहरुसँग नागरिक उड्ययन प्राधिकरणका उच्चपदस्थहरु कति धेरै बफादार हुँदारहेछन् भन्ने जान्नुपर्यो भने प्राधिकरणका उप–निर्देशक हरी अधिकारीलाई हेरे पुग्दछ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्राधिकरण कार्यालयका सिभिल इन्जिनियरिङ महाशाखा प्रमुख अधिकारीमाथि १४ किलो सुन तस्करी काण्डमा संलग्न भएका शेरबहादुर बस्नेतलाई संरक्षण गर्दै आएको आरोप लागेको छ ।



    अधिकारी मातहत कार्यरत बस्नेतले विमानस्थलमा तस्करी गरी भित्र्याइने सुन तस्करलाई दराजको साँचो दिएर सुन लुकाउन र बाहिर ल्याउन सहयोग पुर्याउने गरेको प्रमाणित भइसकेको छ ।



    सरसफाईका कर्मचारी बस्नेतलाई सरसफाई ठेकेदारले काम लगाउनुपर्ने भएपनि अधिकारी स्वयंले कहाँ–कहाँ काम गर्ने र के–के गर्ने भनी खटनपटन गर्दथे ।

    विगत ३ वर्षदेखि निरन्तर विमानस्थलमै रजगज गरिरहेका अधिकारीले नै प्लम्बिङगको पनि काम गर्ने जिम्मा दिएर अपांगमैत्री शौचालयको दराजको साँचो बस्नेतको हातमा सुम्पिएका हुन् ।

    हाकिम अधिकारीकै आड र भरोसा पाएपछि बस्नेतले सुन तस्करीका काममा सहजीकरण गरेको विमानस्थलका धेरै कर्मचारीको बुझाई रहेको छ ।

    अधिकारीको साथ पाएको हुनाले नै काम गरिसकेपछि कार्यालयका कक्षहरुका साँचो हाकिमलाई बुझाउनु पर्नेमा त्यसो नगरी बस्नेतले तस्करलाई समेत दिने गरेको विमानस्थल स्रोत बताउँछ ।

    हाकिमको रुची बमोजिम जस्तासुकै खतरा मोल्न पनि तयार बस्नेतप्रति अधिकारीको पनि माया अझै कायम रहेको पाइएको छ । बस्नेत यतिबेला सुन काण्डमा जेलमा रहेपनि उनकी श्रीमती भने विमामनस्थलको सरकारी निवासमै रहेको स्रोत बताउँछ ।

    यतिमात्रै होइन अधिकारीले बस्नेतकी श्रीमतीलाई पानी खोल्ने र बन्द गर्ने कामको जिम्मा दिएका छन् ।

    यसैबीच, नयाँ दिल्लीबाट आएको फ्लाइट नम्बर सिक्स ई ११५१ को इण्डिगो एयरलाइन्सको सिटमा बेवारिसे अवस्थामा एक किलोभन्दा बढी सुन भेटिएको छ ।

    विमानको सिट नं. २७ को पछाडितर्फ सुन भेटिएपछि विमानस्थलका कर्मचारीसँगको मिलोमतोमा तस्करहरुले तस्करी गर्ने नयाँ तरिका अपनाएको हुनसक्ने एक कर्मचारीले बताए ।

    शौचालयबाट गरिने सुन तस्करीको पोल खुलेपछि कर्मचारीकै मिलोमतोमा नेपाल वायुसेवा निगम अन्तर्गतका विमान सफाई गर्ने कर्मचारीलाई तस्करीमा संलग्न गराउन लागिएको आशंका पनि गरिएको छ ।

    तल्ला तहका कर्मचारीलाई दोषी देखाउँदै अठ्याउने र तिनको खटनपटन गर्ने र अस्वाभाविक रुपले अनेकौं अनावश्यक सुविधाहरु उपलब्ध गराई समवेदनशील मानिएको विमानस्थलमा खटाउने उच्चपदस्थ कर्मचारीहरुप्रति जबसम्म अनुसन्धानको सुई तेर्सिंदैन तबसम्म फरक–फरक तरिकाबाट सुन तस्करी भइरहने विमानस्थल स्रोतको दाबी छ ।

    अनेकौं घोटाला काण्डका अगुवा रही अख्तियारमा धाइरहेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका प्रिय पात्रका रुपमा हरी अधिकारीलाई लिइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार