Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • १५ लाख धरौटीमा छुटेका पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ फरार

    १५ लाख धरौटीमा छुटेका पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ फरार

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 516
    SHARES

    काठमाडौं । सुन तस्करीमा संलग्न रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ फरार भएका छन् ।

    १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेर धरौटीमा रिहा भएका गुरुङ अहिले फरार भएका हुन् ।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुनमा समेत संलग्नता देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।



    तर केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अहिलेसम्म गुरुङलाई फेला पार्न सकेको छैन । २१ मंसिरमा फ्लाई दुबईको एयरमार्फत १४ किलो सुन लिएर आउँदै गर्दा गोरखाका चन्द्र घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए ।

    उक्त १४ किलो सुन तस्करीमा गुरुङको संलग्नता देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले घलेलाई १४ फागुनमा पक्राउ गरेको थियो ।

    गुरुङविरुद्ध विमानस्थल भन्सार कार्यालयले १ अर्ब ४० करोड रुपैयाँ बिगो र ५ वर्षको कैद सजाय माग्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

    डिल्लीबजारमा रहेको प्लाटिनम कलेजका अध्यक्ष समेत रहेका गुरुङलाई ५ चैतमा १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी रिहा भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार