Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सुन तस्करी प्रकरण : जीवन चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

    सुन तस्करी प्रकरण : जीवन चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 345
    SHARES

    काठमाडौं । सुन तस्करीका विचौलिया जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

    नेपाल प्रहरीको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)ले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।



    चलाउने सुन तस्करी मुद्दाका फरार अभियुक्त हुन्। चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतले बतायो ।



    ६० किलो सुन तस्करी प्रकरणमा जोडिएपछि डिफ्युजनका लागि नोटिसका सीआईबीले इन्टरपोललाई पत्राचार गरेको थियो । डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ।

    त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ । सुन तस्करी प्रकरणमा जोडिएका बेल्जियन नागरिक दावा छिरिङसँग चलाउनेको सम्बन्ध देखिएको थियो ।

    सुन तस्करीमा सीआईबीले दावा, जीवनसहित २९ जनालाई प्रतिवादी बनाएर मुद्धा दायर गरेको थियो । सुन तस्करीको थप छानबिन गर्न भन्दै पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सिमिति बनाइएको थियो ।

    समितिले चलाउनेलाई सीआईबीका प्रहरीले समातेर पनि छाडेको भन्दै प्रहरीलाई कारबाही गर्न समेत सिफारिस गरेको थियो । आयोगको सिफारिसपछि सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीद्धय रुगम कुँवर र दुर्गा दाहाललाई सीआईबीबाट प्रहरी हेडक्वाटर तानिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार