Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • यि हुन गृहमन्त्री श्रेष्ठले फरार भनेका जीवन चलाउने, प्रहरी सेटिङमै दुबई पुगेको खुलासा

    यि हुन गृहमन्त्री श्रेष्ठले फरार भनेका जीवन चलाउने, प्रहरी सेटिङमै दुबई पुगेको खुलासा

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 2.3K
    SHARES

    काठमाडौं। सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ  र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने  एक अर्कामाथि आरोप – प्रत्यारोपमा उत्रिए ।

    कारण थियो ६० किलो सुन तस्करी प्रकरण। सुन तस्करीमा अधुरो अनुसन्धान र गिरोहको सेटिङ भत्काउन गृहमन्त्री नारायणकाजी श्रेष्ठ असफल भएको र आफुले गोप्य सुचना दिएका व्यक्तिलाई पक्राउ नगरि जोगाइएको र लामिछानेले आरोप लगाएका थिए।



    सुनको तस्करीका नाइके दावा छिरिङ र गृह मन्त्रालयको सबैभन्दा महत्वपूर्ण र संवेदनशील मानिने अध्यागमन विभागका महानिर्देशक झलकअधिकारीबीच सुन तस्करीको पूर्वसूचना आदान–प्रदान तथा रकम लेनदेनमा व्यापक कुराकानी र संवाद भएको प्रमाण लामिछानेले गृहमन्त्री श्रेष्ठलाई दिएको दाबी गर्दै आएका छन्।



    बैठकमा लामिछानेले सुन तस्करीमा मुछिएका अध्यागमन बिभागका  महानिर्देशक झलक अधिकारीलाई गृहमन्त्री श्रेष्ठले जोगाएको आरोप लगाएका थिए भने अर्का पात्र जीवन चलाउनेको नाम नलिए पनि गृहमन्त्री श्रेष्ठले नामै उच्चारण गरेका थिए।

    सुनको तस्करीका नाइके दावा छिरिङ र जीवन चलाउनेको को कनेक्सन देखिएपछि प्रहरी सेटिङमै चलाउनेलाई भगाइएको आरोप लागेको छ। सिआईबीले बयान कागज गराएर उपस्थित हुने सर्तमा चलाउनेलाई छाडेको थियो । तर, उनी लगत्तै फरार भए। गृहमन्त्री श्रेष्ठले चलाउनेबिरुद्द अदालतले पक्राउ पुर्जी जारी गरेको र उनलाई प्रहरीले खोजी गरिरहेको वताएका थिए।

    चलाउनेलाई पक्राउ गर्दा धेरै प्रहरी अधिकारीहरुको जागिर धरापमा पर्ने हुँदा उनलाई भगाइएको हो। प्रहरी सेटिङमै भगाइएका उनी हाल दुबइमा बसेर धन्दा चलाउँदै आएको स्रोत वताउँछ।

     चलाउने चामल व्यापारको आवरणमा विगत तीन वर्षदेखि सुन तस्करी लगायत विभिन्न आपराधिक घटनामा सक्रिय रहँदै आएका व्यक्ति हुन् । चलाउनेको प्रहरीका उच्च अधिकारीहरुदेखि राजनीति नेतृत्वहरुसँग साँठगाँठ रहेको छ । उनको दावा छिरिङसँग कारोबार रहेको भेटिएको थियो ।

    त्यस्तै चलाउनेले सुनको कारोबार गर्न भारतीय नागरिकलाई पार्टनर बनाएको र झण्डै १०० केजी सुन खपत गर्न सकिने सन्देश पठाएको अडियो नै भेटिएको थियो । चलाउनेको सम्पर्क पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा, पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमका छोरा हरीश र नेकपा (एमाले)का नेता ऐन महरसँग पनि रहेको अनुसन्धानका क्रममा भेटिएको प्रहरी स्रोत नै बताउँछ ।

    जीवन चलाउने उनै व्यक्ति हुन्, जो केही वर्ष अगाडि प्रहरीकै सुराकीका रुपमा काम गर्दथे । बहिर देखाउँदा जीमी ब्राण्डको चामल व्यापार गर्ने र भित्री रुपमा आपराधिक गिरोहहरुसँग साँठगाँठ गरी चलाउनेले अवैध सम्पत्ति आर्जन गर्दै आएका छन् ।

    नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचनको हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसँग समेत चलाउनेको सम्पर्क रहँदै आएको छ । उनै बस्नेतको बाफलको घर पनि उच्च प्रहरी अधिकारीसँगको सेटिङमा चलाउनेले खरिद गरेका थिए ।

    काठमाडौंमा मात्र चारवटा अपार्टमेन्ट रहेको चलाउनेसँग आधा दर्जन करोडभन्दा माथिका महंगा गाडी रहेको उनलाई नजिकबाट चिन्ने एक प्रहरी अधिकारी नै बताउँछन् । चलाउने फरार हुँदा सिआईबीका अधिकारीहरुलाई समेत जानकारी रहेको ती अधिकारीको भनाई छ ।

    न्यूरोडमा हुण्डीको पैसा प्रहरीको मिलेमतोमा लुटिएको एक घटनामा पनि चलाउनेको संलग्नता रहेको छ । विकास अग्रवाल नामका हुण्डी ब्यापारीले केही वर्ष अघि सहकारीबाट रकम झिक्ने क्रममा प्रहरीकै मिलेमतोमा लुटपाट भएको थियो । चलाउनेको अग्रवालसँग कारोबार रहेको उतिबेलै खुलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार