Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साढे ८ लाख मतदाता थपिए

    साढे ८ लाख मतदाता थपिए

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगको मतदाता नामावली सङ्कलन विशेष अभियानअन्तर्गत आठ लाख ४९ हजार ७५३ जनाले नामावली दर्ता गराएका छन् । आयोगको एकमहिने विशेष अभियान मङ्सिर १७ गते सुरु भई पुस २० गते सम्पन्न भएको छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जिल्ला दर्ता कार्यक्रममार्फत करिब आठ लाख १७ हजार र बाह्य जिल्ला दर्ता (ओडीआर) मार्फत ३२ हजार जनाको नामावली थपिएको जानकारी दिए । सबैभन्दा बढी प्रदेश २ बाट करिब दुुई लाख २९ हजार जनाले नाम दर्ता गराएका छन् ।



    लुम्बिनी प्रदेशबाट एक लाख ८३ हजार र प्रदेश १ बाट एक लाख २२ हजारले नामावली दर्ता गराएका छन् । बागमती प्रदेशमा करिब एक लाख ३८ हजार जनाको नामावली सङ्कलन गरिएको आयोगले जनाएको छ ।



    आयोगले स्थानीय तहमै पुुगेर मङ्सिर १७ देखि १६ वर्ष उमेर पुुगेका नागरिकको नामावली विवरण सङ्कलन सुरु गरेको थियो । गोरखापत्रमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार