Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • टर्कीका राष्ट्रपतिले साउदी अरबको भ्रमण गर्ने, पश्चिम एसियामा हलचल

    टर्कीका राष्ट्रपतिले साउदी अरबको भ्रमण गर्ने, पश्चिम एसियामा हलचल

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अर्को महिना साउदी अरबको भ्रमण गर्ने घोषणा गरेका छन् । टर्की र साउदी अरबबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा तनावपूर्ण बन्दै गएको छ।

    रिपोर्टका अनुसार एर्दोगानले अर्को महिना संयुक्त अरब इमिरेट्सको पनि भ्रमण गर्ने योजना बनाएका हुन् । एर्दोगानले अब खाडी देशहरुसँगको सम्बन्धमा रहेको तिक्तता अन्त्य गर्ने रणनीतिमा काम गरिरहेको बताइएको छ ।



    भ्रमणबाट एर्दोगानले साउदी अरेबियाबाट निर्यात बढाउन चाहेको संकेत गरेका छन् । साउदी अरेबियाको प्रो-अशरक समाचार र अन्य अरब मिडिया आउटलेटहरूले एर्दोगानको साउदी अरब प्रस्थानको घोषणाको भिडियोलाई प्रमुख रूपमा साझा गरेका छन्। एर्दोआनले जनवरी ३ मा इस्तानबुलमा यो घोषणा गरेका हुन् ।



    साउदी अरेबियाले यस भ्रमणको बारेमा कुनै आधिकारिक बयान जारी गरेको छैन । तर, एर्दोआनको घोषणाको कभरेज साउदी अरेबियाका मिडियामा प्रमुख भएको छ। ओकाज र अल-मर्सदले एर्दोआनको घोषणामा ठूलो ध्यान दिएका छन् ।

    एर्दोगानले साउदी नेतृत्वसँगको भेटले यस क्षेत्रमा साउदीको प्रभाव झल्काएको भन्दै केही राष्ट्रवादीहरूले साउदी अरेबियाको आलोचना पनि गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार