Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

झापाबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

झापा । जिल्लाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाचोकबाट लागुऔषध ब्राउन सुगरसहित प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत पश्चिमबङ्गाल दार्जिलिङका ३५ वर्षीय अनिल गोपे रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए।

भारतीय नम्बर प्लेटको डब्लुबी६४यु ८६०९ नम्बरको भारतीय मोटरसाइकलमा सवार गोपेलाई शङ्का लागेर जाँच गर्दा १२ ग्राम ब्राउनसुगर बरामद भएको हो ।

पक्राउ परेका गोपेमाथि थप अनुसन्धान भइरहेको छ भने म्याद थपका लागि जिल्ला अदातल झापा पठाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077