Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्व डीआईजी रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलको नेतृत्वमा गठन भएको नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

आयोगले बुधबार आफ्नो दललाई प्रमाण पत्र दिएको खरेलले बिहीबार विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।

'नेपाल सुशासन पार्टी' (नेसुपा) ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। नेसुपा छिटै दल घोषणा सभामार्फत् आफ्ना सिद्धान्त, विचार र उद्देश्यहरु जनतामाझ राख्ने तयारीमा रहेको छ,' बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष खरेलले आफ्नो पार्टीले हिमाल, पहाड, तराईं–मधेसको सन्तुलित सद्भाव र विभेदरहित समाज निर्माण तथा सहज र समन्यायिक सेवामा जोड दिने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077