Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • १६ महिनापछि परीक्षणका लागि गुडाइयो रेल

    १६ महिनापछि परीक्षणका लागि गुडाइयो रेल

    अनलाइन नेपाल
  • शनिबार, २४ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । झन्डै डेढ बर्ष (१६महिना) देखि थन्किएर बसेको नेपाली रेल शनिबार परीक्षणका लागि गुडाइएको छ ।

    नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाका अनुसार धनुषाको इनर्वास्थित रेल्वे स्टेशनमा पार्किङ गरेर राखिएको रेल शनिबार परीक्षणका लागि गुडाइएको हो । भारतबाट १४ जनाको प्राविधिक टोली बोलाएर रेलको परीक्षण गर्न लागिएको झाले बताए।



    तत्कालिन केपी ओली सरकारले २०७७ असोज २ गते जनकपुर ल्याएको रेल त्यसको भोलि पल्टैदेखि इनर्वा स्टेशनमा पार्किङ गरी राखिएको थियो । लामो समयसम्म पार्किङ गरेर राखिएका कारण रेलको पार्टपूर्जाको अवस्थाबारे बुझ्न परीक्षण गरिएको महाप्रबन्धक झाले बताए ।



    इनर्वा स्टेशनमा राखिएको रेल जनकपुरधाम हुँदै कुर्थासम्म पुगेको छ । कुर्थाबाट पुनः रेल घुमाएर जनकपुरधामसम्म ल्याएर परीक्षण गर्ने तयारी गरिएको झाको भनाइ छ ।

    नेपाल रेल्वे कम्पनीका अनुसार ५ वटा डिब्बा रहेको रेल १६०० एचपी डेमुको हो । रेलको अगाडि र पछाडि समेत इन्जिन रहेको छ । एउटा रेल सेटमा एक पटकमा करीब १३ सय यात्रु चढ्न सक्ने क्षमता रहेको छ । रेल प्रति घण्टा १ सय १० किलोमिटरको गतिमा गुड्न सक्ने क्षमताको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार