Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'अस्ति यति, हिजो ओम्नी र आज बतास पालैपालो मौलाउनुको पछाडि राजनीतिक स्वार्थ'

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै मिलेर राजनीतिक सफाई अभियानमा लाग्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले पछिल्लो समय बतास समूहले नारायणहिटी दरबार संग्रालयमा रेष्टुरेन्ट बनाएको भन्दै समाचारहरु सार्वजनिक भएपछि यस्तो धारणा ब्यक्त गरेका हुन्।

राजनीतिक शक्तिका कारण नै एकपछि अर्को विवादित कम्पनीहरुले सरकारी जग्गामा हालीमुहाली गरेको भट्टराईको ठहर छ । जबसम्म मुहान (राजनीति) संग्लिदैन तबसम्म निकास संग्लिदैन भन्दै भट्टराईले बेलैमा मुहान सफा गर्न सबैमा आग्रह समेत गरेका छन्।

सामाजिक संजालमा भट्टराईले बतास समूहअघि यति, यतिपछि ओम्नी र ओम्नीपछि बतासको रूपमा आसेपासे पुॅजीवाद(क्रोनी क्यापिटालिज्म)को कुरूप अनुहार देखापर्नु देशमा पहिलेको रूपान्तरणकारी राजनीति अहिले सत्ता राजनीतिमा पतन हुनुको परिणाम भएको उल्लेख गरेका छन।

उनले लेखेका छन्, 'हिजो यति,ओम्नी पछि आज बतासको रूपमा आसेपासे पुॅजीवाद(क्रोनी क्यापिटालिज्म)को कुरूप अनुहार देखापर्नु देशमा पहिलेको रूपान्तरणकारी राजनीति अहिले सत्ता राजनीतिमा पतन हुनुको परिणाम हो!जबसम्म मुहान(राजनीति) संग्लिदैन तबसम्म निकास संग्लिदैन है ! मुहान सफा गरौं, राजनीतिक सफाइ अभियानमा लागौं !'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077