Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न आग्रह

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ।

महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले बुधबार विज्ञप्ति जारी गरी कोभिड–१९ को महामारीको पुनः प्रभावको स्थितिमा विद्यालयलाई सुरक्षित सिकाइको थलो बनाउन सरकार र राजनीतिक दलको ध्यान नपुगेकामा दुःख व्यक्त गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा यही पुस २७ देखि माघ १५ गतेसम्म विद्यालय बन्द गराउने निर्णय गरेको थियो। बालबालिकाहरु लामो समयदेखि प्रभावित रहेकाले विद्यालय बन्द गर्नुपर्ने अवस्थामा वैकल्पिक माध्यमको सिकाइ सुनिश्चित गर्न विद्यालय व्यवस्थापन समितिहरुलाई महासंघले आग्रह गरेको छ।

सिकाइ निरन्तरताका लागि वैकल्पिक सिकाइ गतिविधिहरु प्रभावकारी रुपमा सञ्चालनमा ल्याउनका लागि संघीय, प्रदेश र स्थानीय सरकारको ठोस नीति, निर्देशन र कार्यक्रम सार्वजनिक हुनुपर्ने महासंघले माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077