Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

    निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न शुक्रबार विहान ११ बजे सर्वदलीय बैठक बोलाइएको हो।



    बैठकमा तीन वटा विषयमा छलफल हुने थपलियाको भनाइ छ । जसमा  स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने छ।



    यसअघि गत पुस ९ गते आयोगले स्थानीय तहको निर्वाचनका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते चुनावका विषयमा प्रस्ताव गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार