Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ललिता निवास प्रकरणबारे भीम रावलको आशंका: कतै मुद्दा फासफुस गर्ने चाल त होइन ?

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले बालुवाटारस्थित ललिता निवाससम्बन्धी जग्गा मुद्दालाई सामसुम पार्न खोजिएको त होइन भनेर आशंका व्यक्त गरेका छन्। सीआईबीले अनुसन्धान पूरा गरेर सरकारी वकिललाई बुझाएको उक्त जग्गा प्रकरणसम्बन्धी फाइल सीआईबीलाई नै फिर्ता गरिएपछि नेता रावलले यस्तो शंका गरेका हुन् । नेता रावलले बिहीबार बिहान सामाजिक सञ्जालमा ट्विट गर्दै लेखेका छन्, ‘प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ?' यस्तै, पूर्वमन्त्री समेत रहेका रावलले अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के–केमा नपुगेको खुलस्त पार्नुपर्ने बताएका छन् । अन्यथा, सरकार अपराधको मतियार ठहरिने रावलको ठम्याई छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077