Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ, नेपाल ल्याइयो

काठमाडौं । प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई १७ वर्षपछि नेपाल ल्याएको छ।

प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले उदयपुर बेलका नगरपालिका-६ का ४० वर्षीय गोबिन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी बुधबार नेपाल ल्याएको हो ।

प्रतिवादी गोबिन्द मगर भएको कर्तब्य ज्यान मुद्दामा फरार रहेका मगरलाई साउदी अरेबियामा पक्राउ परेपश्चात सम्बन्धित कसूरमा कारवाही गर्ने/गराउने प्रयोजनार्थ नेपाल ल्याइएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार मगरले २०६१ मंसिर १३ गते मान बहादुर तामाङलाई कर्तव्य गरी ज्यान मारेको मुद्दामा जिल्ला अदालत उदयपुरले प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामार्फत अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि २०७७ माघ २६ गते मगरमाथि रेड नोटिस जारी गरेको थियो ।

मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरलाई बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077