Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेट : आज चार खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप टी–२० क्रिकेटमा आज चार खेल हुँदै छन्। यी मध्ये दुई खेल त्रिवि क्रिकेट मैदान र दुई खेल मूलपानी क्रिकेट मैदानमा हुनेछन् । पहिलो खेलमा त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

पुलिसले खेलेको दुवै खेलमा जित हात पार्दै ४ अंक जोडेको छ भने कर्णालीले तीनमध्ये १ खेलमा मात्र जित हात पार्दै २ अंक जोडेको छ । मूलपानीमा क्रिकेट मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

आर्मीले ३ खेलबाट १ जित, १ हार र १ खेल अनिर्णित भएपछि ३ अंक हात पारेको छ भने सुदूरपश्चिमले २ मध्ये १ खेलमा जित हात पार्दै २ अंक जोडेको छ ।

त्यस्तै त्रिवि मैदानमा हुने दोस्रो खेलमा प्रदेश २ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। बागमतीले २ मध्ये १ मा जित निकाल्दै २ अंक जोडेको छ। प्रदेश २ ले भने ३ खेलबाट २ अंक हात पारेको छ।

मूलपानीमा हुने दोस्रो खेलमा एपीएफ र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। एपीएफले ३ खेलमा अपराजित रहँदै ६ अंक जोडेको छ भने लुम्बिनीले २ खेलबाट २ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077