Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अर्थतन्त्र संकटबारे प्रधानमन्त्री गम्भीर नभएको लोहनीको गुनासो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपालको अर्थतन्त्र संकटतिर जाँदै गरेको विश्लेषण गरेका छन् । साथै, अर्थतन्त्र संकटबारे सरकार गम्भीर नभएको लोहनीको गुनासो छ।

शुक्रबार सामाजिक सञ्जालमार्फत् पछिल्लो देशको अर्थतन्त्रको अवस्थाबारे संक्षिप्त टिप्पणी गर्दै पूर्वअध्यक्ष लोहनीले क्रमश ओरालो लाग्दै गरेको अर्थतन्त्र समयमै सुधार गर्न नसके भिरको डिलमा पुग्न धेरै समय नलाग्ने बताएका छन्।

अर्थतन्त्रमा संकट तथ्यांकमा मात्र सीमित नरहने भन्दै लोहनीले यस बिषयमा अर्थमन्त्रीले मात्र केही गर्न नसक्ने र स्वयं प्रधानमन्त्री शेरबहादुर देउवा जिम्मेबार हुनुपर्ने उनको भनाइ छ।

'अब यो अर्थमन्त्रीसंग मात्रैको कुरो भएन, देउबा सरकारको जिम्मेवारीको प्रश्न हो', प्रधानमन्त्रीले यो जिम्मेवारी महसुस गरेको देखैदैन, लोहनीले लेखेका छन्, ' एक तह पुगेपछि तथ्यांकभन्दा मानिसको भावनाले प्राथमिकता लिनेछ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077