Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देशभक्त मन्त्रीहरु टुकी बालेर खोज्दैछु: गोकुल बाँस्कोटा (भाइरल भिडियो)

काठमाडौँ । यतिबेला सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल भएको छ ।

प्रदिप भट्टराई अफिसियल नामक टिकटक एकाउण्टबाट भाइरल बनेको भिडियोमा नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आफू देशभक्त मन्त्रीहरुको खोजीमा रहेको बताएका छन्।

तत्कालिन केपी ओली नेतृत्वको सरकारमा संचारमन्त्री समेत रहेका बाँस्कोटाले एक कार्यक्रममा नेकपा एमाले मात्रै देशभक्त पार्टी रहेको दाबी समेत गरेको देखिन्छ।

भिडियोमा बाँस्कोटाले प्रत्येक नेपाली नागरिकहरु देशभक्त भएको र गैरदेशभक्तहरुले सरकार चलाएको आरोप लगाएका छन्। देशभक्त पार्टी एमाले रहेको र गठबन्धन सरकारको अन्त्य हुनु जरुरि रहेको बाँस्कोटाको भनाइ छ।

आफू टर्च बालेर नभई टुकी बालेर देशभक्त मन्त्रीहरुको खोजीमा रहेको बाँस्कोटाले भनेका छन्।

हेर्नुहोस् भिडियो:

@pradipbhattarai_offcial♬ original sound - PRADIP BHATTARAI( 普拉

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077