Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन्। आज हुने दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्।

आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ।

पुलिसले अहिलेसम्म खेलेको ३ खेलमै जित हात पार्दै ६ अंक जोडेको छ भने प्रदेश १ ले २ खेलबाट १ अंक मात्र जोडेको छ।

त्यस्तै आज हुने दोस्रो खेलमा बागमती र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

बागमतीले ३ मध्ये २ खेल जित्दै ४ अंक जोडेको छ भने गण्डकीले अहिलेसम्म खेलेको दुवै खेल हारेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077