Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पीएम कप : खेलाडीमा कोरोना आशंकापछि पुलिस र प्रदेश १ बीचको खेल स्थगित

काठमाडौ । खेलाडीमा कोरोना भाइरसको आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश-१ बीचको खेल स्थगित भएको छ ।

प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा टियु क्रिकेट मैदानमा आज दुबै टिम बीच खेल तय भएको थियो । तर, प्रदेश–१ का खेलाडीमा कोरोनाको आशंका गरिएपछि खेल होल्डमा राखिएको नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ ।

एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई २ रनले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीलाई ४ विकेटले हराएको पुलिसले तेस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध ८९ रनको सहज जित निकालेको थियो ।

पहिलो खेलमा कर्णाली प्रदेशसँग ३१ रनले हारेको प्रदेश-१ ले दोस्रो खेलमा पानिका कारण मैदान चिसो भएर खेल हुन नसक्दा आर्मीसँग अंक बाँडेको थियो ।

आजको दोस्रो खेल भने निर्धारित समयमै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077