Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • उत्तर कोरियाका ह्याकरले चोरे ४० करोड अमेरिकी डलर

    उत्तर कोरियाका ह्याकरले चोरे ४० करोड अमेरिकी डलर

    अनलाइन नेपाल
  • आइतबार, २ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । उत्तर कोरियाली ह्याकरहरुले गत वर्ष क्रिप्टोकरेन्सी प्लेटफर्महरुमा कम्तिमा सात पटक साइवर आक्रमण गरेर झण्डै ४० करोड अमेरिकी डलर चोरेको एउटा प्रतिवेदन सार्वजनिक भएको छ ।

    ब्लकचेन एनलाइसिस कम्पनी चेनलाइसिसले अन्तर्राष्ट्रिय जगतबाट अलगिएको पुर्वी एसियाली मुलुक उत्तर कोरियाका साइवर अपराधिहरुलाई गएको वर्ष निकै फापेको जनाएको छ ।



    तर उत्तर कोरियाले आफुमाथि लगाइने गरेका यस्ता साइवर आक्रमणको आरोप सधैँ अस्वीकार गर्दै आएको छ । चेन एनलाइसिसले भने सन् २०२० देखि २०२१ उत्तर कोरियासँग सम्बन्धित यस्तो आक्रमण चारबाट सात पुगेको र यसरी ह्याक गरी निकालिएको सम्पत्तिको मूल पनि चालिस प्रतिशतले वृद्धि भएको जनाएको छ ।



    ति ह्याकरहरुले विभिन्न संस्थाको ‘हट’ वालेटहरुबाट पैसा निकालेर उत्तर कोरियाको नियन्त्रणमा रहेका ठेगानाहरुमा पु¥याउन फिसिंग ल्युर, कोड एक्सप्लोइट र माल्वेयर जस्ता थुप्रै प्रविधि प्रयोग गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार