Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • क्रिप्टोकरेन्सी चोरी प्रकरणमा उत्तर कोरियाली ह्याकरहरूको समूह सक्रिय रहेको एफबीआईको खुलासा

    क्रिप्टोकरेन्सी चोरी प्रकरणमा उत्तर कोरियाली ह्याकरहरूको समूह सक्रिय रहेको एफबीआईको खुलासा

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 948
    SHARES

    एजेन्सी। उत्तर कोरियाली ह्याकरहरूको समूह मार्चमा ६१.५ करोड डलर क्रिप्टोकरेन्सी चोरी प्रकरणमा संलग्न भएको खुलेको छ ।

    अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईका अनुसार जुन एक अनलाइन गेमिङ कम्पनीसँग सम्बन्धित छ।



    बिबिसी हिन्दीका अनुसार मार्चमा एक्सी इनफिनिटी नामको लोकप्रिय अनलाइन गेमिङ कम्पनीलाई ठूलो झट्का लागेको थियो। यस कम्पनीले आफ्ना ग्राहकहरूलाई अनलाइन गेम खेलेर क्रिप्टोकरेन्सी कमाउने अवसर दिन्छ।



    अमेरिकी अधिकारीहरुका अनुसार क्रिप्टोकरेन्सीको इतिहासमा सबैभन्दा ठूलो ह्याकिङमा उत्तर कोरियाको ‘लाजरस’ समूह संलग्न रहेको छ । यो समूह उत्तर कोरियाको इन्टेलिजेन्स ब्यूरोले सञ्चालन गरेको मानिन्छ ।

    एफबीआईले बिहीबार आफ्नो बक्तब्यमा भन्यो, ‘हाम्रो अनुसन्धानमा हामीले लाजरस समूह र एपीटी ३८ का साइबर आक्रमणकारीहरू यस चोरीको लागि जिम्मेवार रहेको पायौं।’

    लाजरस समूह सन् २०१४ मा चर्चामा आएको थियो । जब सोनी पिक्चर्स ह्याक गरेको र यसको गोप्य डाटा सार्वजनिक गरेको आरोप लगाइएको थियो।

    उक्त समूहले सोनीलाई आफ्नो आगामी फिल्म ‘द इन्टरभ्यु’ रिलिज नगर्न आग्रह गरेको थियो । त्यो कमेडी फिल्म उत्तर कोरियाली शासक किम जोङ उनको हत्या गर्ने षड्यन्त्रमा बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार