Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • चिनियाँ ह्याकरको समूहद्वारा अमेरिकी नेटवर्कहरूमा जासुसी

    चिनियाँ ह्याकरको समूहद्वारा अमेरिकी नेटवर्कहरूमा जासुसी

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 516
    SHARES

    एजेन्सी। चिनियाँ ह्याकरहरूको समूहले महत्त्वपूर्ण अमेरिकी नेटवर्कहरूमा जासुसी गरिरहेको भन्दै पश्चिमी गुप्तचर अधिकारीहरू र माइक्रोसफ्टले चेतावनी दिएका छन्।

    यस ह्याकर समूहलाई चिनियाँ सरकारको आशीर्वाद रहेको दाबी गरिएको छ।



    बेलायत, अष्ट्रेलिया, क्यानडा र न्युजिल्यान्ड सँलग्न रहेको अमेरिकाको राष्ट्रिय सुरक्षा निकाय र यसको सहयोगी गुप्तचर संस्था ‘फाइभ आइज इन्टेलिजेन्स नेटवर्क’ले विश्वभर यस्ता गतिविधि भइरहेको बताएको छ ।



    माइक्रोसफ्टले यस ह्याकर समूहलाई ‘भोल्ट टाइफुन’ कोडनेम दिएको बताएको छ ।

    ह्याकरहरूको यो समूहले ‘भविष्यको संकट’ को समयमा अमेरिका र एसियाबीचको महत्त्वपूर्ण सञ्चारमा बाधा पुर्‍याउने उपायहरू खोजिरहेको छ।

    माइक्रोसफ्टले पनि ‘भोल्ट टाइफुन’ को निशाना अमेरिकाको प्रशान्त क्षेत्रको गुआम रहेको बताएको छ । यहाँ महत्वपूर्ण सैन्य अड्डाहरू छन् जुन ताइवानको सन्दर्भमा कुनै पनि संकट उत्पन्न भएमा अमेरिकाका लागि महत्त्वपूर्ण छन्। -बिबिसी हिन्दी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार