Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पोखरा उडेको गुण एयरको जहाजमा गम्भीर समस्या, आकाशमै ढोका खुलेपछि पुन: काठमाडौँमै फर्काइयो

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार आकाशमै हवाई जहाजको ढोका खुलेपछि पुनः जहाजलाई विमानस्थलमै फर्काइएको हो। अहिले प्राविधिक टोलीले जाँच गरिरहेको बताइएको छ।

उक्त जहाजका यात्रुहरुलाई  गुणकै अर्को जहाजमा पोखरा पठाउने तयारी भइरहेको छ। यद्यपि आकाशमै ढोका खुलेको नखुलेको बारे कम्पनीले केही बताएको छैन।

जहाज  बिहान करिब साढे आठ बजे पोखरा उड्ने नियमित तालिका थियो । तर डिले भएर करिब १० बजेपछि मात्रै काठमाडौंबाट पोखराका लागि उडेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077