Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सिरहाबाट पेस्तोलसहित युवक पक्राउ

सिरहा । सिरहाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको गोलबजार नगरपालिका वडा नम्वर ६ डोहटिया टोलका २७ वर्षीय पंकजकुमार महतो रहेका छन् ।

प्रहरीका अनुसार महतोलाई १ थान म्याग्जिन भएको पेस्तोलसहित शनिबार राति पक्राउ गरिएको हो।

आफ्नै घरमा हातहतियार लुकाई राखेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले पेस्तोलसहित उनलाई पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077