Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तराईमा हुस्सु र कुहिरो, सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना

काठमाडौं । देशभर हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थानमा हुस्सु(कुहिरो लागेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । त्यस्तै सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार कर्णाली र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

साथै देशभर बढ्ने क्रममा रहेको चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077