Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेट : पुलिस र प्रदेश-१ भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी-२० क्रिकेट प्रतियोगितामा सोमबार विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश-१ को सामना गर्दैछ । यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यसअघिका तीनै खेल जित्दै समूह ए को विजेताका रूपमा सेमिफाइनल पुगिसकेको पुलिस आज पनि त्यसलाई कायम राख्न चाहन्छ।

तीन खेलमा १ अंक जोडेर अन्तिममा रहेको प्रदेश-१ पनि पुलिसलाई हराउँदै पहिलो जित दर्ता गर्ने सोचमा छ ।

यो खेल शनिबारका लागि तथ भए पनि प्रदेश-१ का खेलाडीलाई कोरोना संक्रमण देखिएपछि सोमबारलाई सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077