Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्थानीय तहको निर्वाचन प्रक्रिया घोषणा गर्न माग

    स्थानीय तहको निर्वाचन प्रक्रिया घोषणा गर्न माग

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 912
    SHARES

    फाइल फोटो

    काठमाडौँ । स्थानीय तहका संगठनहरू गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

    सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै तीन वटै संस्थाले स्थानीय तहको निर्वाचन प्रकि्रया तत्काल शुरु गर्न भनेका हुन् ।



    समयमै निर्वाचन नभए पालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्षले गर्दै आइरहेका सिफारिस लगायतका कार्यहरु अवरुद्ध हुने र त्यसले लोकतन्त्र र संघीय शासन प्रणालीप्रति नै नकारात्मक प्रभाव पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।



    संविधानले नै जनप्रतिनिधिविनाको स्थानीय सभा र कार्यपालिकाको व्यवस्था नगरेको र म्याद थपको पनि व्यवस्था नगरेकाले समयमै निर्वाचन गर्नुको विकल्प नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    निर्वाचन आयोगले आगामी वैशाखभित्र निर्वाचन गर्ने गरी सुझाव दिएको छ । तर, सरकारले निर्वाचनको मिति तोकेको छैन् ।

    हेर्नुहोस् विज्ञप्ति:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार