Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेट : फाइनलमा पुलिस र एपीएफ भिड्दै

काठमाडौं । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ।

टियु क्रिकेट मैदानमा हुने फाइनलमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । दुई विभागीय टोलीबीचको फाइनल खेल बिहान १० बजे सुरु हुनेछ।

एपीएफले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएर पुलिससँगको भेट पक्का गरेको हो। एपीएफले साविक विजेता समेत रहेको आर्मीलाई ४७ रनले हराएको थियो।

पुलिस भने बागमती प्रदेशलाई हराएर फाइनल पुगेको थियो। फाइनल पुग्ने क्रममा पुलिसले बागमतीलाई ५० रनले पराजित गरेको हो।

प्रतियोगिताको विजेताले पाँच लाख र उप–विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077