Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ५० लाख ठगीमा पक्राउ परेका पुनलाई दाङ ल्याइयो

    ५० लाख ठगीमा पक्राउ परेका पुनलाई दाङ ल्याइयो

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । दाङ घोराहीका विकास पुनलाई प्रहरीले काठमाडौँबाट मंगलबार दाङ ल्याइपुर्‍याएको छ ।

    जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पुनलाई जिल्ला ल्याइ कानुनी प्रक्रिया अनुसार अगाडी बढाएको बताए । कारसहित राजधानीको सुनधारा क्षेत्रबाट पक्राउ परेका पुनलाई उनकै कारबाट प्रहरीले जिल्ला ल्याएको हो ।



    कपिलवस्तु जिल्लाको बाणगंगा ४ का तिलक थापाले दिएको ठगी मुद्दाको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनलाई सोमबार काठमाडौँमा पक्राउ गरेको थियो ।



    घोराही उपमहानगरपालिका वडा नं. १५ का पुनका विरुद्ध कपिलवस्तुका थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै उजुरी दिएका छन् । त्यही जाहेरीका आधारमा पुन पक्राउ परेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार