Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कुमार घैँटेको इन्काउन्टरपछि 'डन' बनेका पुनविरुद्ध पक्राउ पुर्जी जारी, ५० लाख ठगेको आरोप

दाङ । दाङका 'गुण्डा नाइके' विकास पुनविरुद्ध ५० लाख ठगी गरेको आरोपमा उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पुनविरुद्ध कपिलवस्तुका तिलक थापाले ५० लाख  ठगेर भागेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् । पुनले आफूलाई खोलाको काममा पार्टनर बनाउने भन्दै पैसा लिएर भागेको थापाको आरोप छ।

थापाको उजुरीपश्चात् पुनविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको र उनको खोजी कार्य तीब्र पारिएको दाङ प्रहरीको भनाइ छ।

जाहेरी दर्ताका क्रममा थापाले पुनले धेरैलाई ठगी गरेको र अरु पनि सम्पर्कमा आइरहेको बताएका छन् ।

को हुन् विकास पुन ?

दाङ घोराहीका 'डन' भनेर चिनिने पुन यसअघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् । प्रहरी स्रोतका अनुसार उनी पहिलोपटक २०७३ सालमा  ज्यान मार्ने उद्योगमा पक्राउ परेका थिए । पुनको उक्त मुद्धा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ।

चेकिङका प्रहरीलाई अभद्र ब्यबहार गरेछि गुण्डा नाइके बिकास पुन पक्राउ

कुमार घैँटेको इन्काउन्टरपछि दाङमै चन्दा असुलीमा सक्रिय रहेका पुनलाई ज्यान मार्ने मुद्धामा जिल्ला अदालत दाङले ५ बर्षको कैद सजाय तोकेको थियो। त्यसपछि पुन सर्वोच्चमा अपिल गर्न पुगेका थिए ।

स्रोतका अनुसार पछिल्लो समय पुनले दाङको देउखुरी क्षेत्रस्थित राप्ती नदीबाट बालुवा गिट्टी निकासीको काम गर्दै आएका छन् । पुनमाथि घोराहीलाई आधारक्षेत्र बनाएर गुण्डागर्दी, चन्दा असुली र मिटर ब्याजमा लगाएका पैसा असुल्ने गर्दै आएको समेत आरोप लाग्दै आएको छ । पछिल्लो समय पुन काठमाडौं बस्दै आएको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077