Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दाङका गुण्डा नाइके विकास पुन सुन्धाराबाट पक्राउ

    दाङका गुण्डा नाइके विकास पुन सुन्धाराबाट पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 3.4K
    SHARES

    काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दाङका गुण्डा नाइके विकास पुनलाई सुन्धाराबाट पक्राउ गरेको छ।

    सीआईबी स्रोतका अनुसार ४० बर्षीय पुनलाई सोमबार राति ठगी मुद्दामा सुन्धाराबाट पक्राउ गरिएको हो ।



    पुनविरुद्ध गत पुस २१ गते कपिलवस्तुका तिलक थापाले ५० लाख ठगेर भागेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । पुनले आफूलाई खोलाको काममा पार्टनर बनाउने भन्दै पैसा लिएर भागेको थापाको आरोप छ ।



    दाङ घोराहीका ‘डन’ भनेर चिनिने पुन यसअघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् । प्रहरी स्रोतका अनुसार उनी पहिलोपटक २०७३ सालमा ज्यान मार्ने उद्योगमा पक्राउ परेका थिए । पुनको उक्त मुद्धा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ।

    कुमार घैँटेको इन्काउन्टरपछि दाङमै चन्दा असुलीमा सक्रिय रहेका पुनलाई ज्यान मार्ने मुद्धामा जिल्ला अदालत दाङले ५ बर्षको कैद सजाय तोकेको थियो। त्यसपछि पुन सर्वोच्चमा अपिल गर्न पुगेका थिए ।

    स्रोतका अनुसार पछिल्लो समय पुनले दाङको देउखुरी क्षेत्रस्थित राप्ती नदीबाट बालुवा गिट्टी निकासीको काम गर्दै आएका छन् । पुनमाथि घोराहीलाई आधारक्षेत्र बनाएर गुण्डागर्दी, चन्दा असुली र मिटर ब्याजमा लगाएका पैसा असुल्ने गर्दै आएको समेत आरोप लाग्दै आएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार