Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

उपत्यकामा विवाह, ब्रतबन्ध र न्वारान गर्न सीडीओको अनुमति अनिवार्य

काठमाडौं । कोरोना महामारी बढ्दै गएपछि काठमाडौं उपत्यकामा विवाह र ब्रतबन्ध जस्ता कार्य गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) को स्वीकृति अनिवार्य गरिएको छ ।

बिहीबार उपत्यकाका सीडीओको बैठकले धार्मिक, साँस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्नुअघि अनुमति लिनुपर्ने निर्णय गरेका हुन्।

ललितपुरका सीडीओ घनश्याम उपाध्यायका अनुसार पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक चौथाइमा नबढ्ने गरी उपस्थित हुनुपर्नेछ । यसरी उपस्थित हुने सबै खोप लगाएका हुनुपर्नेछ ।

‘विवाह, ब्रतबन्ध, न्वारान तथा पास्नी जस्ता कार्यक्रम आयोजना गर्नुअघि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्छ’, उपत्यकाका सीडीओले जारी गरेको आदेशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077