Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

घरको फोहोरलाई सडकमा नथुपार्न काठमाडौं महानगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाले घरको फोहोरलाई सडक किनारमा नथुपार्न महानगरवासीसँग आग्रह गरेको छ ।महानगरपालिकाका सबै सफाइ कर्मचारीलाई कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइएकाले फोहोर व्यवस्थापनमा कुनै रोकावट नहुने पनि स्पष्ट पारेको छ ।

महानगरले साबिकअनुसार नै महानगरको फोहोर सिसडोल पुग्ने जानकारी पनि गराएको छ । महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार काठमाडौँबाट दैनिक एक हजार टन फोहोर सिसडोल लगिन्छ ।

निजी क्षेत्रका दुई सय र महानगरपालिकाका २० कन्टेनर दिनहुँ सिसडोलमा फोहोर व्यवस्थापनका लागि पुग्छन् । निजी क्षेत्रको सहकार्यमा काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको छ ।

मौसममा केही बदली आएकाले सिसडोलमा फोहोर फाल्न समस्या हुने सङ्केत देखिएको बताउँदै प्रमुख राईले पानी परेका बेला सिसडोलमा बाटो खराबी हुनेबाहेक महानगरपालिकाको फोहोर व्यवस्थापन सुचारु र चुस्त रहने बताएका छन् । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077