Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • धनुषामा हत्या गरिएकी युवतीको पहिचान खुल्यो

    धनुषामा हत्या गरिएकी युवतीको पहिचान खुल्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    रामनारायण यादव / जनकपुरधाम । धनुषामा हिजो आँपको बगैंचामा टाउको फोडेर बीभत्स हत्या भएको युवतीको पहिचान खुलेको छ ।

    प्रहरीका अुनसार मृतक धनुषाको मिथिला नगरपालिका वडा नम्वर १ लक्ष्मीनिबास कामेश्वर महतोको २६ वर्षीया छोरी इन्द्रकला कुमारी महतो रहेकी छन्।



    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार इन्द्रकलाको शव धनुषाधाम नगरपालिका वडा नम्वर ६ मालटोल स्थित पूर्व–पश्चिम लोकमार्ग देखि २ किलोमिटर दक्षिणतर्फ रहेको आँपको बगैचामा बुधबार साँझ फेला परेको थियो ।



    बलात्कार गरेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । स्थानीयका अनुसार इन्द्रकलाको ससुरा घर गौशाला नगरपालिकामा रहेको छ । उनी सोमबार नै बस चढेर माइत आउन लगेकी थिइन् ।

    ढल्केवरमै बसबाट ओर्लिएर माइत पुग्नु पर्नेमा त्यहाँबाट कसरी  ७ किलोमिटर पूर्वमा पुगिन् र कसरी बीभत्स हत्या भएको भन्ने खुलेको छैन । घटनाको विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

    शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार