Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • ४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ५० बर्षीय मण्डल पक्राउ

    ४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ५० बर्षीय मण्डल पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 3.1K
    SHARES

    सांकेतिक तस्बिर, स्राेत : गुगल

    रामनारायण यादव / जनकपुरधाम । जनकपुरमा एक बालिकामाथि बलात्कार भएको छ ।

    बलात्कारको आरोपमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर २२ बसबिट्टीका ५० वर्षीय छेदु मण्डललाई प्रहरीले पक्राउ गरेको छ।



    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्थानीय ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मण्डललाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले पीडित परिवारको उजुरी आधारमा मण्डललाई पक्राउ गरेको बताए ।



    बालिकालाई खेलाउन भनी मंगलवार घरमा लगेको र पछि आँपको बगैँचामा लगेर बलात्कार गरेको पीडित परिवारको आरोप छ ।

    घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार