Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नाबालिग छात्रामाथि बलात्कार गरेको आरोपमा प्रधानाध्यापक र शिक्षक प्रकाउ

    नाबालिग छात्रामाथि बलात्कार गरेको आरोपमा प्रधानाध्यापक र शिक्षक प्रकाउ

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काभ्रे । काभ्रेमा नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पाँचखाल नगरपालिका-६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ छन् ।



    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनीहरूले कक्षा ९ मा पढ्ने एक छात्रामाथि बलात्कार गरेको आरोपमा आइतबार पक्राउ गरिएको हो ।



    पीडित बालिकाको सामाजिक सञ्जालमार्फत उनका साथीहरूले घटनाबारे थाहा पाएपछि आइतबार नगरपालिकालाई खबर गरेका थिए ।

    आइतबार नै विद्यालय पुगेका जनप्रतिनिधिहरूले घटनाबारे बुझेपछि प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रहरीको जिम्मा लगाएका थिए । विज्ञान शिक्षक श्रेष्ठले दसैं तिहारको बीचको बिदामा बालिकालाई ललाइफकाइ बनेपा लगेर बलात्कार गरेको खुलेको छ।

    त्यसपछि विद्यालयका प्रधानाध्यापकसहित अन्य शिक्षकहरूले पनि बालिकालाई सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक मेसेज पठाउने गरेको देखिएको बताइएको छ ।

    पीडित पक्षले दुवै शिक्षकविरूद्ध आइतबार नै जाहेरी दिएको र सोही अनुसार अनुसन्धान प्रकृया अगाडि बढेको काभ्रे प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार