Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मदिराले लठ्ठ भएका बाबुले गरे आफ्नै १२ वर्षिया छोरी बलात्कार

    मदिराले लठ्ठ भएका बाबुले गरे आफ्नै १२ वर्षिया छोरी बलात्कार

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 1.7K
    SHARES

    फाइल तस्विर

    अछाम । प्रहरीले आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा बुवालाई पक्राउ गरेको छ ।

    अछामको मङ्गलसेन नगरपालिकाका अन्दाजी ३५ वर्षीय पुरुषले छोरीलाई बलात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय अछामका अनुसार शनिबार साँझ ४ बजेको समयमा मादक पदार्थ सेवन गरेर लठ्ठ भएका बाबुले छोरीलाई एक्लै भएको मौकामा बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।



    बालिकालाई लिएर आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । आरोपितलाई घरबाट पक्राउ गरी अदालतबाट म्याद थप भई अनुसन्धानको प्रक्रियामा रहेको बताइएको छ ।

    बालिकाको जिल्ला अस्पताल अछाममा स्वास्थ्य परीक्षणपछि आमाछोरीलाई सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार