Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ‘भ्यालेन्टाइन डे’ मनाऔँ भन्दै बालिकामाथि बलात्कार, अत्यधिक रक्तस्रावपछि बालिका बेहोस !

    ‘भ्यालेन्टाइन डे’ मनाऔँ भन्दै बालिकामाथि बलात्कार, अत्यधिक रक्तस्रावपछि बालिका बेहोस !

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 2.1K
    SHARES

    सिराहा । ‘भ्यालेन्टाइन डे’ मनाउन भनेर बालिकालाई कोठामा बोलाएर बलात्कार गर्ने किशोर पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका २ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादव रहेका छन् ।



    उनले १५ वर्षीय बालिगलाई बुधबार दिउँसो कोठामा बोलाएर बलात्कार गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय सिराहाले यादवलाई पक्राउ गरेको हो ।



    बुधवार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेका र राति १२ बजेमा घटनाबारे जानकारी पाएपछि पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ । बलात्कृत बालिका अत्यधिक रक्तस्राव भएर बेहोस भएकी थिइन् । उनको अवस्था गम्भीर छ ।

    उनलाई आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेका थिए तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार