Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ललाईफकाई धानबारीमा लगेर बालिकामाथि बलात्कार, एकजना पक्राउ

    ललाईफकाई धानबारीमा लगेर बालिकामाथि बलात्कार, एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । झापामा आठ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–५, आमबाडी बस्ने ५५ वर्षीय फुलसिंह ताजपुरिया रहेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।



    ताजपुरियाले घर नजिकै खेल्न गएकी ती बालिकालाई ललाईफकाई सोही ठाउँस्थित धानबारीमा लगेर बलात्कार गरेको आरोप छ ।



    बालिकामाथि बलात्कार गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार