Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • धनुषामा डियुटीमा खटिएका प्रहरीमाथि लुटेरा समूहको आक्रमण, असई पोखरेल घाइते

    धनुषामा डियुटीमा खटिएका प्रहरीमाथि लुटेरा समूहको आक्रमण, असई पोखरेल घाइते

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    रामनारायण यादव / जनकपुरधाम । धनुषामा डियुटीमा खटिएका प्रहरी टोलिमाथि लुटेरा समुहले आक्रमण गरेको छ । जिल्लाको बटेश्वरमा गाउँपालिका वडा नम्वर ४ मा मंगलबारराति लुटेरा समूहले असई मनोज पोखरेलमाथि आक्रमण गरेका हुन् ।

    धनुषाका एसपी वसन्त रजौरेका अनुसार आक्रमणबाट असई पोखरेल घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको जनाइएको छ। असई पोखरेलको टाउकोमा १२ वटा टाँका लागेको छ ।



    भारतबाट फर्केर ससुराली बटेश्वर जाने क्रममा लुटेरा समूहले महोत्तरीको भंगहा नगरपालिका वडा नम्वर ७ का अमित पासमानलाई लुटपाट गरेका थिए । घटनास्थल पुगेर संलग्नहरूलाई पक्राउ गर्न खोज्दा असई पोखरेलमाथि आक्रमण भएको बताइएको छ ।



    लुटपाट गर्ने व्यक्तिलाई पक्राउ गरि ल्याउने क्रममा घेरेर केही व्यक्तिले असई पोखरेलमाथि आक्रमण गरेको एसपी रजौरले बताए । घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार