Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • स्थानीयको कुटाईबाट पत्थरकोट प्रहरी चौकीका इन्चार्ज यादव घाइते

    स्थानीयको कुटाईबाट पत्थरकोट प्रहरी चौकीका इन्चार्ज यादव घाइते

    अनलाइन नेपाल
  • शनिबार, ५ चैत्र २०७८
  • 1.3K
    SHARES

    सर्लाही । सर्लाहीमा स्थानीयको कुटाइबाट पत्थरकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) रामएकवाल यादव सख्त घाइते भएका छन् ।

    लालबन्दी नगरपालिका वडा नम्बर १३, पत्थरकोट छेडा गाउँमा रहेको प्रहरी चौकीमा कार्यरत सई यादवमाथि बिहीबार मध्यराती प्रहरी पोसाकमा डिउटी गरिरहेकै समयमा स्थानीयवासीले आक्रमण गरेका हुन् ।



    यादवमाथि लालबन्दी नगरपालिका वडा नम्वर १२ र १३ को सीमामा पर्ने लखन्देही खोलास्थित झोलुङ्गे पुल नजिकै आक्रमण भएको हो । स्थानीयको आक्रमणबाट सख्त घाइते भएका सई यादवको नेपाल प्रहरी अस्पताल, काठमाडौंमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



    स्थानीयले काठको चिपर्टले प्रहार गर्दा उनको टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । सो घटनामा एक जना प्रहरी जवान पनि सामान्य घाइते भएका छन् ।

    स्थानीय जबर्जस्ती करणी मुद्दाका अभियुक्तलाई पक्राउ गर्न जाँदा सई यादव नेतृत्वको टोलिमाथि आक्रमण भएको एक प्रहरीले बताए । प्रहरीमाथि आक्रमण गर्ने स्थानीयहरु अहिले फरार रहेको र उनीहरुको खोजी चलिरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंले बताए ।

    प्रहरीमाथि आक्रमण भएपछि प्रहरी चौकी पत्थरकोटमा थप प्रहरी परिचालन गरिएको छ । प्रहरी उपरीक्षक प्रसाईंले घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार